मुख्य समाचार

त्रिभुवन विमानस्थलबाट करिब १ किलो सुन बरामद

नवलपुर टुडे
२०८० भदौ २६ | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ, भदौ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ ।

कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका यात्रु भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको छैन । स्रोतका अनुसार ती व्यक्तिले सुन पगालेर लेदोको रूपमा मलद्धारमा लुकाएर ल्याएको खुलेको छ ।

कमेन्टहरु