मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

नवलपुर टुडे
२०८० भदौ २६ | बिहान ०७:०५ बजे

काठमाडौँ, भदौ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताएका छन् । 

प्रचण्डले सामाजिक सञ्जालमार्फत दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । 

प्रधानमन्त्रीले लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेम्वाङको गएराति १ बजे हृदयघातका कारण निधन भएको हो ।

कमेन्टहरु