मुख्य समाचार

ललिता निवास प्रकरण : १७ जना धरौटीमा रिहा, कसलाई कति धरौटी ?

नवलपुर टुडे
२०८० भदौ २४ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं, भदौ २४ । ललिता निवासको सरकारी जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

दुबै पक्षको सात दिन लामो थुनछेक बहस सकिएपछि अदालतले पुर्पक्षका लागि आदेश दिएको हो । इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहितलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँग इजलासले दुई करोड ४६ लाख धरौटी माग गरेको छ । 

यस्तै, विनोदप्रसाद पौडेलसित १५ लाख, कलाधर देउजासित १५ लाख, रुद्रकुमार श्रेष्ठसित सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसित पनि सात लाख ५० हजार रुपैयाँ धरौटी रकम माग गरिएको छ ।

यसैगरी, धमनकुमार कार्कीसित सात लाख ५० हजार, गोपाल कार्कीसित सात लाख ५० हजार, योगराज पौडेलसित सात लाख ५० हजार, नारायणराज मिश्रसित समेत सात लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

अरुणकुमार श्रेष्ठसित सात लाख ५० हजार, लोकहरि घिमिरेसित सात लाख ५० हजार, शिवजी भट्टराईसित तीन लाख ३० हजार, ध्रुवप्रसाद अर्यालसित तीन लाख ३० हजार र बाबुराजा महर्जन, सञ्जय महर्जन, देवनारायण महर्जन र सकलानन्द महर्जनसित जनही एक लाख १० हजार रुपैयाँ धरौटी रकम लिएर रिहा गर्न आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।

केशव तुलाधरलाई भने साधारण तारेखमा छाडिएको छ ।

कमेन्टहरु