एमाले अध्यक्ष ओलीलाई भेट्न पतिसहित बालकोट पुगिन् मानुसी

नवलपुर टुडे
२०८० भदौ २२ | बिहान ११:०५ बजे

हेटौंडा, भदौ २२ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छिन् ।
आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन् । फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय के. पी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’
मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।






















