खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

नवलपुर टुडे
२०८० भदौ २० | मध्यान्ह ०२:०५ बजे

काठमाडौं, भदौ २० । एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । पाकिस्तान र श्रीलंकाको रंगशालामा पाकिस्तान र भारतसँग क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । साथै उनीहरुलाई सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको थियो ।

पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली गत बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । त्यसलगतै भारतसँग खेल खेल्न श्रीलंका पुगेको टोली १० विकेटले पराजित भएको थियो । भारतसँग पराजित भएपछि नेपाल एसिया कपबाट बाहिरिएको थियो ।

बाहिरिएपछि टोली आज स्वदेश फर्किएको हो । भारतसँग म्याच हारेपनि उत्कृष्ट व्याटिङ गरेको नेपाली टोलीले प्रंशसा पाइरहेका छन् ।

कमेन्टहरु