समाजवादी मोर्चाले बाँकी तीन प्रदेशमा पनि सन्देश सभा गर्दै

नवलपुर टुडे


काठमाडौँ । समाजवादी मोर्चा नेपालले बाँकी रहेको तीनवटा प्रदेशमा पनि प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो ।
मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए । मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।
बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ । कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















