एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले विजयी

नवलपुर टुडे


बुटवल, भदौ २० । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । गएराति सम्पन्न मतपरिणाम अनुसार कँडेलले उनका प्रतिस्पर्धी प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन् ।
कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए भने उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाए । त्यसैगरी अन्य पदाधिकारीको अन्तिम मत परिणामअनुसार उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए भने सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगरले ४१८ मत पाएर विजयी भएका थिए भने महिला उपसचिवमा कँडेल समूहका बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















