विचार/ब्लग

देशको लागि केहि गर्ने हो भने नेता र राजनीतिक दललाई परित्याग गरी देश बिकासमा सहयोग गरौं

नवलपुर टुडे
२०८० भदौ १७ | मध्यान्ह ०४:०५ बजे

मोहम्मद इरफान मनसुरी
कपिलवस्तु । हाम्रो देश हाम्रो कपिलवस्तुमा भने होडबाजी नाराबाजीको छ । न त कुनै विद्यालय न त कुनै नगरपालिकाको हाल बाँकी हुन्छ कति ठूलो आमसभा या महाधिवेसन गर्छ, चुनाव जित्छ, पार्टी फुटाउँछ, कसले न्यायालय, ठूलो जुलुस निकाल्न सक्छ, कर्मचारी संगठन, व्यवसायी सबैलाई कब्जामा लिएर राजनीतिक दास बनाउँछ, देशभक्ति हुँ भनेर नारा-जुलुस लगाउँछ, कुन पार्टीका कति सदस्य छन्, । मिडियामा सबभन्दा चर्को र झर्किलो स्वरमा कराएर बहस गर्न सक्छ, आदि ।

हाम्रो देश कृषि प्रधान मुलुक हो । तर समयमा बिउ, मल तथा सिचाईको राम्रो व्यवस्था नहुँदा पीडित नै छन् ।
जसरी त्यसरी कृषि गरे पनि छाडा पशु चौपायाले किसान थप पीडित हुदै आएको छ । सरकारले ऐन कानून बनाएको हुन्छ तर कहिले देखी पूर्ण रुपले कार्यावन्यन हुन्छ, कुनै पत्तो छैन । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ बुदा नं.११ उपदफा २ को (ञ) छाडा पशु चौपाया नियन्त्रण स्थानीय सरकारलाई दिएको छ जिम्मेवारी मै सिमित छ हाम्रो कपिलवस्तुका लगायतका जिल्लामा ।

हालको युवा पुस्ताहरुको बैदेशिक रोजगारमा जना बाध्य भएको छ । तर सरकारको नजर कता हराएको छ। देशले युवा जनशक्तिको फाईदा उठाउना सक्दै नभने बुढो भएपछि मात्रै के उठाउला लाखौं युवा खाडी मुलुकमा आफ्नो रगत बगाए रहेछन् । हाम्रो देशका नेताका छोरा छोरी तथा नेताहरु भुटानी शरणार्थी, सुन काण्ड जस्तामा रमाउँछन् ।

साथै शैक्षिक क्षेत्रमा पनि तिनै तहका सरकार लचिलो नै छ निजी बिधालयले आफ्नो मनोमानी ढंगले शुल्क उठाउने गरेको छन् । नेताका छोराछोरी उच्च शिक्षाको लागि विदेशमै अध्ययन गर्छन् तर हाम्रा गरिब छोराछोरी साधारण स्कुलमा अध्ययन गर्छन् ।

जनताले पाँच वर्षका लागि अविर-माला लगाइ दिन्छन् र आफू फेरि गहिरो हिलोमा गाडिए जस्तै दबिइरहन्छन्। पाँच वर्ष पुग्न लागेपछि फेरि तिनै नेताले हिलोबाट निकाल्छन्, अलिअलि सफा गरिदिन्छन्। चुनाव सकिने बित्तिक्कै जनतालाई फेरि फाल्दिने त त्यही दलदलमै हो।

हामी नेपालीले पनि त्यही हिलोमा रमाउन सिकिसकेका छौं । धेरै युवा देश बनेन, देश बनाउँछु भन्दै भगवान राम नै बने जस्तो चिच्याइरहेका छन्। जनता उपचार खर्च पुगेन, छोराछोरी पठाउन, काम पाउन सकिएन र शान्ति, सुरक्षा मिलेन भनेर चिच्याइरहेका छ्न।

फेरि पनि तिनै नेताहरूको भाषण सुन्ने बित्तिकै हो न हो सबै दु:खका दिन नष्ट भएर, सुन्दर प्रकाश छर्ने बिहानी भोलिपल्टै आइहाल्छ, गरिबी अन्त्य हुन्छ र यो अन्धकारभित्र डुबेका नराम्रा विपनाबाट मुक्त पाइन्छ भन्ने कुरामा तिनै नेतालाई विश्वास गर्दै फूलमाला लिएर तम्सिरहेका हुन्छौं।

हुन पनि के गर्नु, नेता र राजनीतिक दल बिना नागरिकता र मृत्‍यु दर्ता पनि हुन छोडिसक्यो। त्यसैले आदर्शका कुरा गर्न छाडौं, त्यही राजनीतिको कुरा गरौं। अरूको पेट भरियोस् नभरियोस्, राजनीतिक दलाल बनेँ भने कम्तीमा मेरो र मेरो परिवारको पेटसम्म त पाल्न सक्छु। वर्षको बाह्रै महिना राजनीतिको भूत चढ्ने नेपाल विश्वकै थोरै राष्ट्र मध्ये पर्छ होला। त्यसको जनगणना सुरू सायदै भएको छैन होला, अब सुरूआत गर्नुपर्छ कि भन्ने लागेको छ।

यो खोज, अनुसन्धान, नवीनता र विज्ञान हाम्रो नेपालीको संस्कृति होइन, पश्चिमा मुलुकको हो। त्यसैले राष्ट्रवादी नेपाली एकजुट भएर यो चलिरहेको राजनीतिक संस्कारको संरक्षण र प्रबर्द्धन गर्न अघि बढिरहने पो हो कि ! ठूला-ठूला पार्टी तथा नेताहरूको हालत यस्तो छ भुटानी शरणार्थी, ललितानिवास, सुन काण्ड जस्ता हट्नहरु थुप्रै छन् । नेता उनका छोराछोरी, पूर्व मन्त्री तथा पूर्व उप-प्रधानमन्त्री लगायतका अनुसन्धान मै छन् ।

यो त देशका नायकहरु हो । हाम्रै जिल्ला कपिलवस्तु लागायत जिल्लाको कुरा गर्ने हो भने कपितय स्थानीय तहहरूमा एउटा राजनीतिक दलका प्रमुख र उपप्रमुख बीच विवाद रहेको छ एउटै पार्टीको उदेश्य जनताको लागि निस्वार्थ कामै गर्ने हो भने आखिरमा किन संवाद छैन । हामीले सबै बुझ्नु पर्छ र जनताको हुन सकिँदैन भने उनीहरु के विकास गर्छन् र ।

त्यसैले देशको लागि केहि गर्ने हो भने नेता र राजनीतिक दललाई परित्याग गरी देश बिकासमा सहयोग गरौं । मैले त आजदेखि नेता तथा राजनितिक दल परित्याग गरे अब तपाईंको पालो ।

कमेन्टहरु