लिखुपिके गाउँपालिका तत्कालीन वडा अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नवलपुर टुडे


काठमाडौं । सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडा अध्यक्षसहित तीनजनाविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले लिखुपिके गाउँपालिका २ का वडा अध्यक्ष रमेश कुमार बस्नेत,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरुमाथि वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप छ। अख्तियारका प्रवक्ता भोला दाहालले वडा कार्यायको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पुष्टि भएकाले तीनैजनाविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूमाथि ६ लाख विगो माग दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















