जनताको हकअधिकार दिलाउन तथा जातिय भेदभाव हटाउन माओबादी केन्द्रको भूमिका अविस्मरणीय : मौलाना मशहूद

नवलपुर टुडे


कपिलवस्तु, भाद्र १६ । नेकपा माओबादी केन्द्रका राष्ट्रिय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले आज वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरी एकै पटक उद्घाटन गरे संग कपिलवस्तुको विजयनगर- ३ मा नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपालीले अभियानको उद्घाटन गरेका छन्।
विजयनगर गाँउपालिका- ३ बाट अभियानको साहिद खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नुरुल कमर खान, सरिता अर्याल लगायत रहेका थिए।
जनता संग विशेष रूपांतरण अभियानमा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा योद्धाहरूले गरेको सहादत कसैले बिर्सिन नसक्ने बताए, प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारलाई बढावा नदिने बताउदै अहिलेको जनता संग विशेष रूपांतरण अभियानलाई माओबादी केन्द्र समर्थक सबैले जनताको मन मनमा माओबादीको एजेण्डा पुर्याउनु पर्ने बताउदै जातिय भेदभाव हटाउन समेत माओबादीको विशेष पहल रहेको छ साथै दाइजो लिनु समेत भ्रष्टाचार रहेको बताए।
कार्यक्रममा सहिद परिवारका सदस्यलाई सम्मान गर्नुका साथै ५० भन्दा बढी व्यक्ति अन्य पार्टी छोडेर नेकपा माओबादी केन्द्र रोजेकोलाई पार्टीमा स्वागत गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा नगर कमिटीका पदाधिकारी, वार्ड कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















