पाल्पामा स्कार्पियो दुर्घटना, ६ जना घाइते

नवलपुर टुडे


पाल्पा । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जानकारी दिए। दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ। ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । स्कार्पियो ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ।
गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















