मुख्य समाचार

सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएका शर्माविरुद्ध उजुरी आह्वान

नवलपुर टुडे
२०८० भदौ १६ | बिहान ०७:०५ बजे

काठमाडौँ, भदौ १६ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ ।  संघीय संसद् अन्तरगत संसदीय सुनुवाइ समितिले शनिबार सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो । 

‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन आएकोले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ  ‘उक्त पदमा शर्मालाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत सूचना वा उजुरी दिन सकिनेछ ।’ 

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र  उनीहरूले चाहेमा सूचना दाताको नाम गोप्य राखिने जानकारी गराइएको छ । 

2023-09-01-11-42-11-gopa-bhadau-16-1

कमेन्टहरु