खेलकुद

हारको चोट बोकेर नेपाली क्रिकेट टोली श्रीलंका पुग्यो

नवलपुर टुडे
२०८० भदौ १४ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं, भदौ १४ । कापाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली भर्खरै श्रीलंका पुगेको छ । एसिया कपको आफ्नो दोस्रो खेलका लागि नेपाली टिम आज पाकिस्तानबाट श्रीलंका गएको हो । 

नेपाली टोलीलाई कोलम्बो विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पहिलो पटक एसिया कप खेलिरहेको नेपाल हिजो पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेल भदौ १८ गते भारतविरूद्ध श्रीलंकामा खेल्नेछ । 

भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई पाकिस्तान नपठाउने निर्णय गरेपछि एसिया कपका खेलहरु दुई देशमा आयोजना गरिएको हो । भारत र पाकिस्तानको खेल पनि श्रीलंकामै हुनेछ ।

कमेन्टहरु