मुख्य समाचार

चीनले नेपालको भू-भाग भारतमा देखाएर नक्सा सार्वजनिक गरेपछि बालेनले गरे चीन भ्रमण रद्द

नवलपुर टुडे
२०८० भदौ १४ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं, भदौ १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्

बालेनले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि नैतिकताका आधारमा चीनले बोलाएको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन् – ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

कमेन्टहरु