महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन भ्रमणमा जाँदै

नवलपुर टुडे
२०८० भदौ १४ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणअघि नेकपा एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको टोली आइतबार चीन प्रस्थान गर्न लागेका हुन् ।
भ्रमणको मिति तय भएपनि अहिलेसम्म कति जना जाने र कोको जाने भन्ने टुंगो लागिनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने, ‘महासचिवको नेतृत्वमा जान्छौं । त्यसमा विदेश र प्रचार विभाग प्रमुख जाने निश्चित छ । अरुको नाम टुंगिएको छैन ।’
पार्टी नेतादेखि भातृ संगठनका प्रतिनिधि भ्रमण टोलीमा रहने बताइएको छ । आइतबार चीन प्रस्थान गरेका एमालेका नेताहरू दुई साता उतै रहनेछन् ।






















