नेपाललाई पाकिस्तानको तीन सय ४३ रनको लक्ष्य

जगत ठाडा मगर


काठमाडौं, भदौ १३ गते । बाबर आजम र इफ्तिखर अहमदले शतकी इनिङ्स खेलेपछि एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जितका लागि तीन सय ४३ रनको लक्ष्य दिएको छ । मुल्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनायो ।
पाकिस्तानका लागि बाबर र इफ्तिखरले शतकी पारी खेल्नुभयो । बाबरले एक सय ५१ र इफ्तिकरले एक सय नौ रन बनाउनुभयो । बाबरले एक सय ३१ बलमा १४ चौका चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । इफ्तिखरले ७१ बलमा ११ चौका चार छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।
मोहम्मद रिजवानले ४४, फखार जमानले १४ रन बनाउनुभयो । इमाम उल हक र अघा सलमान पाँच पाँच रनमा आउट हुनुभएको थियो । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिनुभयो । करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















