गुल्मी जिल्ला अस्पतालमा तनावग्रस्त

नवलपुर टुडे


बुटवल । उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ ।
उपचारका लागि अस्पताल पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरूले अस्पताल घेराउ गरेका हुन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान समयमा मृत्यु भएको थियो । प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार प्रशंसालाई पेट दुखेपछि उनका बाबुले मोटरसाइकलमा राखेर सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका बताए । बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउँदासमेत नआएको उनले आरोप लगाए ।
अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले घटनाबारे जिम्मेवार ढंगले प्रस्तुत नभएपछि मृतकका आफन्तहरूले अस्पताल घेराउ गर्दै, आक्रोशित भैइ अस्पतालमा तनाबग्रस्त सृजना भएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















