Opens in a new tab

आज संसदीय समितिको बैठक बस्दै

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचन भएको नौं महिना पछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि आज संसदीय समितिको बैठक बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको छ । जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने देखिएको हो ।

सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि सो समितिमा सम्भवतः निर्वाचन हुनेछ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे