रास्वपाले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने

नवलपुर टुडे
२०८० भदौ १० | बिहान ११:०५ बजे

काठमाडौं, भदौ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । संघीय संसदको दुई संयुक्त र १० वटा विषयगत समितिको सभापति निर्वाचन हुनेछ । जसमा रास्वपाले उद्योग समितिको सभापतिमा मात्र उम्मेदवारी दिने छ ।
समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षी दलले भागबन्डामा गरेका छन् तर रास्वपा र राप्रपालाई भने समेटिएको छैन । भागबन्डा नदिएपछि रास्वापाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको हो ।
यस्तै उद्योग समितिमा जनमत पाटीले अब्दुल खानलाई अगाडि सारेको छ ।






















