राजनीति

एमालेको सचिवालय बैठक स्थगित 

नवलपुर टुडे
२०८० भदौ ८ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं, भदौ ८ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शनिबार सिरहाको विष्णुपुरकट्टीमा बस्ने गरी तय भएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

अविरल वर्षाका कारण बाढी र डुबान भएका बैठक स्थगित गरिएको उनले बताए । मौसम सफा भएपछि बैठकको मिति तय हुने उनको भनाइ छ ।

एमालेले चौथो महाधिवेशन भएको स्थानमा सचिवालय बैठक आयोजना गरेको थियो ।

कमेन्टहरु