महिला टी–ट्वान्टी आई सिरिज : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

नवलपुर टुडे
२०८० भदौ ८ | बिहान ०९:०५ बजे

काठमाडौँ, भदौ ८ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अङ्कसहित फाइनल नजिक छ ।























