रास्वपा संसदीय दलको बैठक बस्दै

नवलपुर टुडे
२०८० भदौ ८ | बिहान ०८:०५ बजे

काठमाडौं, भदौ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक साँझ ५ बजे पार्टी कार्यालय सिंहदरबारमा बस्ने तय भएको रास्वपाका सचेतक निशा डाँगीले जानकारी दिइन् ।
आज बस्ने संसदीय दलको बैठकमा आगामी भदौ ११ गते हुन लागेको संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने उनले बताइन् ।
त्यस्तै पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा आधारित रहेर छलफल हुने पनि उनले बताइन् ।






















