भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

नवलपुर टुडे
29


वीरगन्ज, भदौं ६ । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले यस्तो बताएका हुन् । उनले भने,‘ यो नियमले नाकामा प्रहरी र नागरिक बिच सधै झगडा भइरहेको छ । किनकि सीमा क्षेत्रका नागरिकले भान्सा खर्चका लागि पारीको बजारबाट दाल, तेल , मसला ल्याँउदा भन्सार नाकामा प्रहरीले दुख दिने गरिरहेका छन् ।
जुन एकदमै अव्यवहारिक छ । त्यसका कारण सरकारले यो निर्णय तत्काल सच्याउनुपर्छ ।
नेपाल र भारत बिचको सीमा नाका व्यवपारिक मार्ग नभई दुई देशबिच रोटी बेटीको, पारिवारिक र घरायसी सम्बन्धपनि रहेकाले सरकारले लगाएको यो नियम तत्काल सच्याउनु पर्ने माग उनले गरे । हवाई मार्ग भएर आउनेहरूका लागि २ वा ३ लाखको मोबाइल र ल्यापटमा समेत कर नलगाउने तर स्थलमार्गबाट १ सयभन्दा बढी मूल्यको सामानमा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको उनको भनाइ छ ।
सांसद यादवले हवाई मार्गभन्दा स्थल मार्गको नाका कडाइ गरिएको भन्दै यसलाई व्यवहारिक रुपमा परिमार्जन गर्नुपर्ने बताए । ’हवाईमार्ग भएर आउने नेपालीले २ लाख, ३ लाखको मोबाइल सहजै ल्याउन सक्छन् । तर स्थलमार्गबाट १ सयभन्दा महंगो सामान ल्याउँदा कर लगाइन्छ । किन यस्तो विभेद् ? यसले सीमा क्षेत्रम समस्या निम्त्याएको छ,’ सांसद यादवले भने । भन्सारमा आयात कडाइ गरिँदा स्थानीय स्तरमा झगडा लगायत समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो ।
साथै सीमा क्षेत्रका बासिन्दालाई हरेक दिन सीमापार गरी भारत आउजाउ गरिरहनुपर्ने भएको स्मरण गराउँदै उनले सीमा कडाइको सवालमा व्यवहारिक बन्नुपर्ने बताए । यसैबीच वीरगन्जको नारायणी अस्पताल सहित मधेसका अस्पतालहरूमा डेंगीका बिरामीले शैया भरिएको अवस्था रहेको भन्दै उनले अस्पतालमा शैया बढाउन पहल गर्नुपर्नेपनि सांसद यादवले बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
२०८३ कार्तिक २० | मध्यान्ह ०२:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे












