एकीकृत समाजवादीको छायाले सर्वदलीय बैठकमा एमाले आएन : माधव नेपाल

नवलपुर टुडे


काठमाडौं, भदौ ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नआएको बताएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नआएको बताएका हुन् ।
माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेताहरू अनुपस्थित भएकाे उनको भनाइ थियो । उनले आफूहरूसँग त्यस्तो संकीर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरूमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए ।
आफूहरूसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तन मात्र रहेको बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















