एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच बालकोटमा भेटवार्ता

नवलपुर टुडे
२०८० भदौ ५ | बिहान ११:०५ बजे

काठमाडौं, भदौ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
मंगलबार अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच ओलीको निवास बालकोटमा भेटवार्ता भएको हो । भेटमा दुई देशको सम्बन्ध, कार्यान्वयनमा जान लागेका एमसिसी परियोजनालगायत विषयमा छ्लफल भएको बुझिएको छ ।
भेटमा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए ।






















