सुन तस्करीको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्याउँछ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, भदौ ३ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्याउने बताएका छन् ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको ७ दलको बैठकमा सहभागी भई बाहिरिने क्रममा उनले पत्रकारहरूसँग कुराकानी गर्दै सुन प्रकरण सिआइबीले नै टुंगोमा पुर्याउने बताएका हुन् ।
‘सीआईबीले निष्कर्षमा पुर्याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के-कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुंग्याउँछ’, श्रेष्ठले भने ।
यस्तै सदन सुचारु गर्ने विषयमा भोलिसम्म निष्कर्षमा पुगेर पर्सिसम्म निकास निस्किने गृहमन्त्री श्रेष्ठले बताए । उनले संगठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन् ।






















