राजनीति

कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

नवलपुर टुडे
२०८० भदौ २ | मध्यान्ह १२:०५ बजे

काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिबार काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले कांग्रेस बलियो हुनुपर्ने बताएका हुन् ।

उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए । सिंहले पार्टीलाई विधिअनुसार चलाउन अघि बढ्नुपर्ने समेत बताए ।

नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए । उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।

कमेन्टहरु