काठमाडौंमा अब कक्षा १० सम्मै दिवा खाजा, महानगरले छुट्यायो रकम

नवलपुर टुडे


काठमाडौँ । काठमाडौं महानगरपालिले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा १० सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ।त्यसका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको महानगरपालिकाले जनाएको छ। संघीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ।
सो रकममा थप गर्दै महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि रु ३० छुट्याइएको जनाएको छ।
‘प्रस्तुत बिषयमा यस काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि संघीय सशर्तबाट रु. १५ ।- र महानगरबाट थप रु. १५ । – गरी प्रति विद्यार्थी प्रतिदिन जम्मा रु.३०।- साथै कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि महानगरबाट प्रति विद्यार्थी प्रतिदिन रु.३०।- उपलब्ध गराउँने आ.व.२०८०/०८१ को स्वीकृत कार्यक्रम रहेको हुँदा मिति २०८० भाद्र महिनादेखि सोही बमोजिम दिवा खाजा व्यवस्थापन गर्नुहुन अनुरोध छ,’ महानगरले भनेको छ।
महानगरको कार्यपालिका बैठकले संघीय सरकारले उपलब्ध गराउने रकममा १५ रुपैयाँ थपेर खाजाको बजेट ३० रुपैयाँ पुर्याउने निर्णय गरेको हो। जसअनुसार महानगरको शिक्षा विभागले भदौदेखि नै उक्त निर्णय कार्यान्वयन गर्न विद्यालयहरूलाई सर्कुलर गरेको छ।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















