पत्रकारिता कमजोर हुँदा सरकार हावी हुन्छ : काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत

नवलपुर टुडे


पाल्पा, भदौ १ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता कमजोर हुँदा सरकार हावी हुने बताएका छन् । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले शुक्रबार बुटवलमा गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनमा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले क्रियाशील पत्रकारले मात्रै पत्रकारिता बचाउन सक्ने बताए । उनले सञ्चार क्षेत्र आफैँमा सशक्त हुनुपर्ने भन्दै सरकारसँग धेरै आशा गर्न नहुने धारणा राखे ।
व्यावसायिक कर्मबाट मात्रै पत्रकारिताको सबलीकरण सम्भव भएको भन्दै उनले पत्रकारिताको शुद्धीकरणका लागि लेख्ने र नलेख्ने पत्रकार मात्रै चिने हुने बताए । नयाँ–नयाँ प्रविधिको विकासले पत्रकारितामा चुनौती थपेको भन्दै उनले आगामी दिनमा पत्रकारिता बाँचिरहने, तर स्वरूप कस्तो हुने भन्ने अहिले नै यकिन गर्न नसकिने बताए । उनले एउटै व्यक्ति प्रकाशक र सम्पादक रहेका सञ्चारमाध्यममा व्यवस्थापकीय कमजोरी देखिने गरेको अनुभव पनि सुनाए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















