कपिलवस्तुको शिवराजमा निःशुल्क आँखा शिविर सञ्चालन

नवलपुर टुडे


कपिलवस्तु, साउन ३१ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिकाको वडा ३ मदवामा भएको शिविरमा ३९० जनाले आखाँ परीक्षण गराएका छन् ।
छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए । समुदायमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले शिविरबाट लाभान्बित भएको वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । चनई स्वास्थ्य चौकीका प्रमुख जितेन्द्र बिसीका अनुसार सो संख्याका विरामीको आँखा पाक्ने रोगका बिरामीको उपचार भएको थियो ।
शिविरमा २२ जना मोतियाबिन्दुका बिरामीलाई अप्रेशनका लागि रेफर गरिएको छ । समस्या देखिएका ६९ जना बिरामीलाई चश्मा वितरण गरिएको आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















