मुख्य समाचार

प्रधानमन्त्री कार्यालयमा सुकुम्बासी समस्या र समाधानका विषयमा छलफल

नवलपुर टुडे
२०८० साउन ३० | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी समस्या र त्यसको समाधानका विषयमा विभागीय मन्त्रीहरुसँग संयुक्त छलफल गरेका छन् ।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विभिन्न नदी करिडोरमा रहेका सुकुम्बासी समस्या र त्यसको दीर्घकालीन समाधानको उपायबारे सम्बन्धित मन्त्रीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, सहरी विकासमन्त्री सीता गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थिति थियो ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालाहरु पनि उपस्थित रहेको स्रोतले बताएको छ ।

कमेन्टहरु