मुख्य समाचार

सर्वोच्चका पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधन, शोकमा इजलास बन्द

नवलपुर टुडे
२०८० साउन ३० | मध्यान्ह ०३:०४ बजे

काठमाडौं, साउन ३० । सर्वोच्च अदालतलका पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधन भएको छ । ८९ वर्षको उमेरमा उपाध्यायको गएराति ११ः३० मा निधन भएको हो ।

वि.स. १९९१ मा रौतहटमा जन्मिएका उपाध्यायले २०२३ सालदेखि इलाका न्यायाधीशको रूपमा सेवा सुरु गरेका थिए । त्यसपछि उनले ०४९ देखि ०५७ सालसम्म सर्वोच्चको न्यायाधीश भएर काम गरे ।

सर्वोच्च अदालतले उनको निधनमा एकदिनका लागि इजलास बन्द गरेको छ । पेसी सूचीमा आजका लागि ३२७ मुद्दा चढेका थिए ।

कमेन्टहरु