नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकताबारे वार्ता गर्ने जिम्मा

नवलपुर टुडे


काठमाडौं, साउन २९ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चाको प्रतिनिधित्व एवम् पार्टी एकताबारे वार्ता गर्ने जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँस्थित कमलादीमा सम्पन्न चौथो पूर्ण बैठक सम्बन्धमा सोमबार जारी परिपत्रमा सो निर्णयबारे उल्लेख गरिएको छ ।
जारी परिपत्रमा भनिएको छ, ‘‘समाजवादी मोर्चामा प्रतिनिधित्व र पार्टी एकता सम्बन्धमा वार्ता गर्ने जिम्मा उपाध्यक्ष कृष्ण बहादुर महरालाई दिइएको छ । मजदुर, किसान, महिला, युवा, विद्यार्थी, उद्योग, व्यापार, सुकुम्वासी आदिको संयोजनको जिम्मेवारी उपाध्यक्ष पम्फा भुसाललाई दिइएको छ ।’’
माओवादी केन्द्रले बुद्धिजीवी मोर्चाको जिम्मेवारी दिनानाथ शर्मा, कर्मचारी सङ्गठन फ्र्याक्सन इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेललाई दिने निर्णय गरेको छ । यसैगरी, कोशी प्रदेशको चक्रपाणी खनाल, मधेश प्रदेशको लीलामणि पोखरेल, बागमतीको जनार्दन शर्मा, गण्डकीको देवेन्द्र पौडेल, लुम्बिनीको हितमान शाक्य, कर्णालीको मातृका यादव, सुदूरपश्चिमको डिलाराम आचार्य, सम्पर्क समन्वय प्रदेशको गिरिराजमणि पोखरेल, उपत्यका विशेष प्रदेशको वर्षमान पुन र प्रवास प्रदेशको जिम्मेवारी राम कार्कीलाई दिने निर्णय गरेको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















