एमालेको अवरोधपछि भदौ ३ गतेसम्म संसद बैठक फेरि स्थगित

नवलपुर टुडे


काठमाडौं, साउन २९ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ । संसद्को काम–कारबाही अघि नबढाई बैठक स्थगित गरिएको हो ।
आजको बैठकको सुरुमै एमालेका सांसदले नाराबाजी गरेका थिए । उनीहरूको अवरोधका कारण काम–कारबाही अघि बढाउन नसकिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरिएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक आउँदो भदौ ३ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
नेकपा एमालेले गत साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानवीन समिति गठनको माग राख्दै एमालेले बैठक अवरोध गर्दै आएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















