जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

नवलपुर टुडे


काठमाडौँ, साउन २९ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छन् ।
सोमवार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी साहले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताएकी हुन् ।
सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । पार्टीले दिएको निर्देशन अनुसार भन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उनको भनाई छ ।
मन्त्री साहले भनिन्, ‘सरकारी निकायको जति पनि काम कारबाही हुन्छ । यो संघीय मामिला मन्त्रालयको । आम नागरिकलाई सहज ंढंगले सेवा प्रवाह हामीले कसरी दिनसक्छौं ? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ । आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौं । पार्टीको कुरा यसमा आएन । संविधान अनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं ? त्यसमा लाग्ने हो ।’
जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त भएकी हुन् । यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिनुभएका अमनलाल मोदीलाई साउन २८ गते आईतवार (हिजो) मन्त्री पदबाट फिर्ता बोलाइएको थियो । जनमत पार्टी एक मन्त्रीसहित पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो ।
यसअघि, अब्दुल खानलाई प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















