मुख्य समाचार

तस्करीको सुन पगाल्न सुरु (तस्बिरहरु)

नवलपुर टुडे
२०८० साउन २९ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ, साउन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरिएको छ । 

सोमबार नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोलेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको हो ।

एक कार्टुनमा २० वटा ब्रेक सु रहेको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार उक्त सुन पगाल्न एक दुई दिन लाग्ने छ । सुन पगालेपछि कति परिणाममा सुन छ भन्ने तथ्य बाहिर आउने उनीहरुको भनाइ छ । 

यही साउन ४ गते सो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सरकारको निर्देशनानुसार अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

Sun 2 sun 3 sun4 sun5 sun6

कमेन्टहरु