मुख्य समाचार

पानीको बहाव बढेपछि सप्तकोसीको ५६ वटै ढोका खोलियो

नवलपुर टुडे
२०८० साउन २९ | बिहान ०८:०४ बजे

विराटनगर, साउन २९ । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव साढे तीन दशकयताकै सबैभन्दा धेरै पुगेपछि सबै ढोका खोलिएको हो ।

आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ । ब्यारेजको पुलमा समेत जोखिम हुनसक्ने देखिएपछि प्रशासनले एकतर्फी रुपमा यातायातका साधन संचालन गराएको छ । अति धेरै भारवहन भएका सवारी साधन संचालनमा रोक लगाइएको छ ।

पानीको बहाव बढेका कारण तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

कमेन्टहरु