अपराध, लुम्बिनी प्रदेश

नवलपरासीमा एकै दिन एउटै वडाका ९ जना फरार प्रतिबादीहरु पक्राउ

नवलपुर टुडे
२०८० साउन २८ | मध्यान्ह ०७:०४ बजे

नवलपरासी, साउन २८ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीद्वारा फरार प्रतिबादीहरु धमाधम पक्राउ गरिएको छ । सम्मानित जिल्ला अदालत परासीबाट विभिन्न मुद्दामा जरिवाना फैसला भई फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

आइतबार इलाका प्रहरी कार्यालय अमानिगञ्जबाट प्र.ना.नि. पिकल बि.क.को कमाण्डमा खटिगएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका- २ का ९ जना फरार प्रतिबादीलाई पक्राउ गरिएको हो । उनीहरु सबै जना फरक परक मुद्दामा दोषी भैइ फरार रहेका थिए । पक्राउ पर्ने सबै पाल्हिनन्दन गाउँपालिका- २ का स्थानीय बासिन्दा रहेको प्रहरीले जानकारी दिएका छन ।

पक्राउ पर्ने ९ जना प्रतिबादीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी पठाइएको जिल्ला प्रहरी नवलपरासीका सुचना अधिकारी एवंम प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

पक्राउ पर्ने फरार प्रतिबादीहरुको विबरण:

कुटपिट मुद्दामा असपती देवी केवट, सनोज कुमार केवट, सोभावती देवी केवट, कुश्मावती केवट, केवली केवट, अमरनाथ केवट र सोना केवट रहेका छन । त्यसैगरी अंशबण्डा मुद्दामा राजाराम केवट र ठगनी केवट रहेका छन । पक्राउ पर्ने ९ जनाबाट रु.३५८७७/- पैतिस हजार आठ सय सतहत्तर रुपियाँ जरिवाना भुत्तानी गर्न बाँकी रहेको छ ।

मिति २०८०।०४।२८ गते  पक्राउ परेका फरार प्रतिवादीहरुको विवरण :-
ईलाका प्रहरी कार्यालय अमानिगञ्जबाट प्र.ना.नि. पिंकल बि.क. को कमाण्डमा खटिएको प्रहरी टोलीले  पाल्हिनन्दन गा.पा. वार्ड नं २ बाट सम्मानित अदालत बाट बिभिन्न मुद्धामा जरिवाना फैसला भई  फरार रहेका निम्न मानिसहरुलाई नियन्त्रणमा लिई आबस्यक जरिवाना असुलको लागि कार्वाहीको लागि सम्मानित जिल्ला अदालत परासीमा पठाइएको ।     
सि.नं. जिल्ला मुद्दा शिर्षक पक्राउ परेको ब्यक्तिको नाम थर वतन पक्राउ परेको मिति र समय कैद /जरिवाना कै.      
नवलपरासी कुटपिटअसपती देवी केवट पाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. ९००/-       
नवलपरासी कुटपिटसनोज कुमार केवट पाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. ११५०/-       
नवलपरासी कुटपिटसोभावती देवी केवटपाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. ११५०/-       
नवलपरासी कुटपिटकुश्मावती केवटपाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. ९००/-       
नवलपरासी कुटपिटकेवली केवटपाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. ११५०/-       
नवलपरासी अंशबण्डाराजाराम केवटपाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. १२,८५०/-       
नवलपरासी अंशबण्डाठगनी केवटपाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. १५,७२७/-       
नवलपरासी कुटपिटअमरनाथ केवटपाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. ९००/-       
नवलपरासी कुटपिटसोना केवट पाल्हिनन्दन गा.पा. २ मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे रु. १,१५०/-       
              
              
  मिति २०८०।०४।२८ गते           
              

कमेन्टहरु