कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : प्रकाश ज्वाला

नवलपुर टुडे


काठमाडौँ, साउन २८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लबले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको बेला गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नभएको बताए । उनले कसैले भन्दैमा अहिलेको सरकार नढल्ने र वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने ठोकुवा गरे ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रशंग आउनु नै गलत भएको बताए । उनले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने विश्वास दिलाए ।
यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ । उनले आफू नेतृत्वको मन्त्रालयले भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको सुनाए । मन्त्री ज्वालाले आफूले पनि राम्रो कामको सुरुवात गरेको जिकिर गरे । उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको दाबी गरे ।
यस्तै उनले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । उनले निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















