नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम


नवलपरासी, साउन २८ । पश्चिम नवलपरासीमा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा “रक्तदान नै जिवनदान” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको समन्वयमा संचालन गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीका पदाधिकारी, पृथ्वी चन्द्र अस्पताल परासीका स्वास्थ्यकर्मी र स्थानीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत १ प्रहरी नायब उपरीक्षक, १ प्रहरी निरीक्षक, ३ प्रहरी नायब निरीक्षक, ३ प्रहरी सहायक निरीक्षक, १ प्रहरी वरिष्ठ हवल्दार, ३ प्रहरी हवल्दार, ६ प्रहरी सहायक हवल्दार र ११ प्रहरी जवान गरी २१ जना प्रहरीले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।























