कांग्रेस संसदीय दलको बैठक बस्दै, सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने

नवलपुर टुडे
२०८० साउन २८ | बिहान ०७:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।नक्कली सर्टिफिकेट प्रकरणमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।





















