सर्लाहीमा टाउको खोलामा शरीर जङ्गलमा भेटिएको युवा भारतीय नागरिक

नवलपुर टुडे


सर्लाही, साउन २८ गते । हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उहाँको पहिचान भएको हो ।
शुक्रवार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ । अभिषेकको टाउको काटिएको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो ।
टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो । बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि पहिचान खुल्न सकेको थिएन ।
राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । एसपी सुवेदीले युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने बताउनुभयो । “खोलामा टाउको र जङ्गलमा शरीर ल्याएर फालेको देख्दा युवकको पेशेवर व्यक्तिहरूबाट हत्या भएको जस्तो देखिन्छ,” एसपी सुवेदीले भन्नुभयो, “हामी घटनाको सम्बन्धमा सूक्ष्म ढङ्गबाट अनुसन्धानमा जुटेको छौँ,” । उहाँका अनुसार मृतकको कम्मरदेखि तलको भागमा कुनै कपडा थिएन ।
युवकको शरीर प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारले सनाखत गरेपछि टाउको शुक्रवार दिउँसो पोस्टमार्टमका लागि काठमाडौँ पठाइसकिएको छ । परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सिता मढीबाट सर्लाहीतर्फ आएका थिए । सँगै घुम्न आएका उहाँका साथीहरू अहिले सम्पर्कविहीन छन् । उनीहरूको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















