सिराहाबाट करिब ९ लाख स्रोत नखुलेको रकमसहित एक पक्राउ

नवलपुर टुडे


सिराहा । सिराहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शुक्रबार अपराह्न सिराहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिराहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपाल आउँदै गर्दा साहलाई पक्राउ गरेको हो।
बा १२ प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार रुपैयाँ र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको छ लाख रुपैयाँ गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० रुपैयाँ बरामद गरेको हो।
प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिराहा डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए। रासस

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















