राष्ट्रियसभा बैठक बस्दै

नवलपुर टुडे
२०८० साउन २६ | बिहान ०६:०४ बजे

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन् ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । जसका कारण राष्ट्रियसभा बैठक लगातार अवरोध हुँदै आएको छ ।





















