संसद अवरोध हटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख घिमिरे

नवलपुर टुडे
२०८० साउन २२ | बिहान ०८:०४ बजे

काठमाडौं, साउन २२ । संसदको अवरोेध हटाउन सभामुख देवराज घिमिरले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
छलफल सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुनेछ । सभामुख घिमिरेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आह्वान गरेका छन् ।
साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।





















