राजनीति

माओवादी केन्द्रीय समिति बैठकको आज तेस्रो दिन

नवलपुर टुडे
२०८० साउन १९ | बिहान ०६:०४ बजे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।  गत बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । 

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

कमेन्टहरु