राजनीति

महालेखापरीक्षक, निर्वाचन आयुक्तसहित रिक्त निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउने संवैधानिक परिषद्को निर्णय

नवलपुर टुडे
२०८० साउन १८ | मध्यान्ह ०७:०४ बजे

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा संवैधानिक निकायमा रिक्त रहेका प्रमुखलगायत सदस्यहरूको नियुक्ति प्रकिया अगाडि बढाउने सहमति भएको छ। महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत साधन तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको नियुक्ति लागि प्रक्रिया अगाडि बढाउने बैठकमा सहमति भएको हो।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ती निकायहरूमा नियुक्तिका लागि १५ दिनको सूचना निकाल्ने तयारी भएको बताए। उनले भने, ‘ती निकायहरूमा सूचना ननिकाली नियुक्ति गर्न मिल्दैन। प्रक्रिया सुरू गर्ने निर्णय भएको छ,’ उनले भने। ती निकायहरूमा इच्छुहरूले आवेदन दिनसक्ने उनको भनाइ छ।

त्यस्तै संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा विश्वम्बरप्रसाद श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

कमेन्टहरु