राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै


काठमाडौं, साउन १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आज बोलाएको छ ।
बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने गरि बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए । आजको बैठकमा समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउने कार्यसूची रहेको उनले बताए ।
रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ । पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको पनि रास्वपाका नेताले बताएका छन् ।
पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ३९ सदस्यीय छ । विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेको छ ।





















