Opens in a new tab

पत्रकारमाथि हातपात गर्ने एक प्रहरी असई निलम्बन

नवलपुर टुडे

29Shares
dida bag ad

रौतहट । पत्रकारमाथि हातपात गर्ने एक प्रहरी असई निलम्बनमा परेका छन् । केही दिन अगाडी एक पत्रकारमाथि हातपात गरेको आरोपमा निलम्बनमा परेका हुन् ।

गत साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पुगेका इन्सेकका जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटना बाहिरिएपछि उनी निलम्बनमा परेका छन् ।

लहान, सिरहाबाट उजुरी दर्ता गराउन राजविराज पुगेका स्थानीयलाई सहयोग गर्न राजविराजस्थित जिल्ला प्रहरी कार्यालय गएका बेला पोखरेललाई असई महतोले कुटपिट गरेको थियो । आँखा र संवेदनशील अङ्गमा चोट लागेर घाइते भएका पोखरेलको उपचार गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भएको थियो ।

पत्रकार पोखरेलमाथि दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक राजेश्वर महतोमाथि कारबाही गरिएको हो । असई महतोलाई प्रहरी नियमावली २०७१ संशोधनसहित वमोजिम निलम्बनको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सिफारिस गरी पठाइएको थियो ।

कुटपिटबाट घाइते भएका पत्रकार पोखरेल उपचारपछि मंगलबार डिस्चार्ज भएको महासंघ सप्तरीका सचिव आरएन विश्वासले पत्रकार दिपेश कुमार शाहलाई टेलीफोन मर्फत जानकारी दिए