माओवादी केन्द्रका पार्टी सदस्य ७ लाख ५२ हजारभन्दा बढी

नवलपुर टुडे


काठमाडौ । नेकपा माओवादी केन्द्रले आफूसँग ७ लाख ५२ हजारभन्दा बढी संगठित सदस्य रहेको दाबी गरेको छ । बुधबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा ७ लाख ५२ हजार ९५६ जना संगठित सदस्य रहेको दाबी गरेका हुन् ।
उनका अनुसार पार्टीका संगठित सदस्य सात प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा छन् भने सबैभन्दा कम गण्डकीमा छन् । अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा बागमती प्रदेशमा १ लाख ४७ हजार ३५३ जना सदस्य छन् । त्यसपछि मधेश प्रदेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१० र कोशी प्रदेशमा ९९ हजार ६०१ जना संगठित सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२ र गण्डकीमा ६६ हजार ६८७ जना पार्टीका सदस्य रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । सम्पर्क समितिमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवास समितिमा ५ हजार ५३७ जना संगठित सदस्य रहेको प्रचण्डको दाबी छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















